पेरुमा सरकारविरोधी प्रदर्शनमा ४२ जनाको मृत्य, संकटकाल घोषणा

खबर बुक
  • ख-
  • ख+

लिमा, १ माघ । पेरु  सरकारले पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ ।

प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।

३० दिनको लागि लागू गरिएको संकटकालमा सेनालाई आदेश कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ ।  घोषणासँगै धेरै आन्दोलन र भेला जस्ता संवैधानिक अधिकारहरूमा  प्रतिबन्ध लगाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्