राष्ट्रिय जनता दलका नेता यादवको निधन

खबर बुक
  • ख-
  • ख+

नयाँदिल्ली-राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद् यादवको निधन भएको छ ।

केही समयदेखि अस्वस्थ रहेका पूर्वसंघय मन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ७५ वर्षका थिए । यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए ।

दिवंगत यादवको पार्थिव शरीरलाई मध्यप्रदेशस्थित उनको जन्म गाउँमा अन्तिम संस्कार गरिने भएको छ ।
उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धी, राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवलगायतले दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्