पोखरा, २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।
आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मतसहित विश्वासको मत प्राप्त गर्नुभएकाे हाे । आज बसेको प्रदेश सभामा ५८ जना प्रदेश सांसदको सांसद उपस्थित रहेको थियो ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेश गर्नुभएकाे थियाे । सो प्रस्तावमा छलफल पछि भएको मतदान प्रक्रियावाट उहाले विश्वासको मत प्राप्त गर्नुभएकाे हाे । विश्वासको मत पाउने अधिकारी प्रदेश सरकारका पहिलो मुख्यमन्त्रीसमेत हुनुहुन्छ ।











