सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ पुस । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार नाै सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन तोलाको एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख तीन हजार चार सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुनको मूल्य हिजाे तोलाको एक लाख दुई हजार नाै सय रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्