सिटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै ।।

खबर बुक
  • ख-
  • ख+

मङ्सिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा चुनावमा सिट बाँडफाँट गर्न नसकेको सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

चुनावको मिति घोषणा भएलगत्तै सिट बाँडफाँट गर्न दैनिक जस्तै बसेको बैठकले अहिलेसम्म यसबारेमा टुङ्गो लगाउन सकेको छैन । यसअघि सिट बाँडफाँटको लागि गठन भएको कार्यदलले हिजो नै टुङ्गो लगाएर प्रतिवेदन बुझाउने भनेको भएपनि त्यसो हुन सकेन ।

तर हिजोको बैठकमा सिट बाँडफाँट सहमतिको नजिकमा पुगेको सञ्चार तथा सूूचना प्रविधि मन्त्रीसमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दाबी गर्नुभयो । आज बैठक बसेर प्रतिवेदन तयार गरिने र शीर्ष नेतालाई बुझाउने तयारी गरेको उहाँले बताउनुभयो ।

यसअघिका बैठकमा नेपाली काँग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । आफ्नो दाबीबाट दलहरू पछि नहटेपछि सिटको टुङ्गो लाग्न नसकेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्