काठमाडौं, २७ पुस । आज आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
गत शुक्रबार एक लाख २३ सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुन ताेलामा एक हजार बढेर आज एक लाख ३३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महाँसंघले जनाएकाे छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।











