काठमाडौं, पुष २३ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ ।
शनिबार काठमाडौंमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको अवलोकन भ्रमण गर्दै लामिछानेले विगतमा भएका कमी कमजोरीलाई सुधार्दै लैजाने र अन्यपक्षमा पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको हो । उहाले सशस्त्र प्रहरीलाई पूर्वाधारसंगै थप व्यवसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्चुङगोला र छाङ्रुकको चिसोसंगै चैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको भन्दै यसमा सरकारले बिशेष ध्यान दिने उहाको भनाइ छ ।
कार्यक्रमा सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले मुलुकको जुनसुकै स्थानमा जस्तोसूकै भुमिकाका लागि आफुहरु परिचालित हुदै आएको बताउनुभयो ।






