कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक काममा लाग्ने भनेर छलफल भयो : प्रदीप पौडेल

न्युज कारखना
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले आजको संसदीय दलको बैठकका अब कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक भूमिका निर्वाह गर्न सक्छ भनेर छलफल भएको बताए ।

बाहिर आएको हल्ला जस्तो सरकार बनाउने वा ढलाउने प्रक्रियामा कांग्रेस नलाग्ने पनि उनले बताए । संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा मात्रै छलफल भएको बताए । नयाँ विषयले बैठकमा प्रवेश नपाएको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्