अमेरिकी क्लव आहा रारा गोल्डकपको फाइनलमा

खबर बुक
  • ख-
  • ख+

पोखरा, २१ पुस  । अमेरिकी क्लब बीवाईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अाज  भएको दोश्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै अमेरिकी टोली फाइनल प्रवेश गरेको हो ।

बीवाइएससीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै अग्रता लिएको हो । दोश्रो हाफमा दुवै टीमबाट गोल भएन । अन्ततः बीवाइएससीका रोजिन प्रजापतिको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफमा ३ मिनेट अतिरिक्त समय थपिएकोमा ४६औं मिनेटमा प्रजापतिले गोल गरेका हुन् । खेलको अन्तिममा चर्च ब्वाइजका आशिष चौधरीले रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

अब फाइनलमा बीवाइएससीले संकटालाई पार लगाउनुपर्छ । शनिबार पोखरा रंगशालामा संकटा विरुद्ध उत्रिने छ । संकटाले एपिएफलाई हराएर फाइनल प्रवेश गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्