पवन कार्की नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी)द्धारा ‘रिभोलुसनरी फोर्स’ को घोषणा

खबर बुक
  • ख-
  • ख+

पवन कार्की नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी)ले ‘रिभोलुसनरी फोर्स’ को घोषणा गरेको छ ।

पन्चा सिंह नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) ले क्रान्तिकारी फोर्स गठन गर्ने निर्णयसँगै पवन कार्की नेतृत्वको संगठनले पनि मंगलबार काठमाडौंमा रिभोलुसनरी फोर्स’ को घोषणा गरेको हो । रिभोलुसनरी फोर्सको घोषणा अघि क्रान्तिकारीले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेको थियो । फोर्स घोषणा कार्यक्रममा कार्कीले देशमा परिवर्तन स्थापीत गर्ने काम माओवादी केन्द्रले गरेको भन्दै निर्वाचन मार्फत माओवादीलाई स्थापीत गराउन फोर्सले काम गर्ने बताउनुभयो ।
पन्चा सिंह नेतृत्वको अनेरास्ववियुले भने बुधबार अर्थात २२ भदौमा रिभोलुसनरी फोर्स गठन गर्ने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्