काठमाडौं, १९ पुस । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रमेशराज अर्याल नियुक्त भएका छन् ।
कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार भएसँगै अर्याललाई कुमारी बैंकको सीईओ नियुक्त गरिएको हो ।
कुमारी र एनसीसीबीच मर्जपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।
कुमारी बैंकका सीइओ रामचन्द्र खनाल मर्जरपछि वरिष्ठ सीइओ बनेका छन् । आइतबारदेखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । कुमारी र एनसीसी बैंक १स्१ अनुपातमा मर्ज भएका हुन् ।











