आजको तरकारी तथा फलफूलकाे मूल्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ पुस।कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार मंगलबार रातो आलु ४५ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो समितिले दिएको न्यूनतम मूल्य हो ।

कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २५० रुपैयाँ रहेको छ ।  ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ६० रुपैयाँ रहेको छ ।

तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । लोकल घिउ सिमी ५० रुपैयाँ, तिते करेला ८० रुपैयाँ, प्याज सुकेको ४४ रुपैयाँ, भिण्डी ९० रूपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ८० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्