सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ पुस । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

शुक्रबार प्रदेशसभा हलमा ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराउनुभएको हो ।

त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराउनुभएको हो । सपथमा ६ जनाले मातृभाषामा सपथ लिएका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्