सुनचाँदीको मूल्य ओरालो, कतिमा हुँदै छ कारोबार ?

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १४ पुस । बिहीबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूलय तोलाको एक लाख ६ सय रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोला १४ सय रुपैयाँ निर्धारण भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्