बागमतीका तीन जिल्लामा बुधबार सार्वजनिक बिदा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० भदौ।।बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयका अनुसार सार्वजनिक बिदा मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्रै लागू हुनेछ ।

न्युज कारखाना 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्