प्रि-ओपन सेसनमा नेप्से ७.८५ अंकले उकालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ पुस । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ७.८५ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९९१.८० विन्दुमा आएको छ ।

२८ कम्पनीको कुल ३ हजार ६८२ कित्ता सेयर खरिदबिक्री भएको र १३ लाख १३ हजार ६१२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ कम्पनीमा उकलो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ५ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्