अर्घाखाँची एमालेबाट रायमाझी सर्वसम्मत उम्मेदवार

खबर बुक
  • ख-
  • ख+

अर्घाखाँची, २० भदौ ।।नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

यसअघि प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्य र प्रदेश सभा ‘ख’ मा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेलाई पार्टीले सर्वसम्मत सिफारिस गरेको थियो ।

हरिप्रसाद भुसाल/न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्