कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पौष २२ मा बस्ने भएकाे छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पौष २२ गते शुक्रबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने  भएकाे हाे ।

केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा सम्बन्धमा प्रस्ताव प्रस्तुत साथै समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने उहाँले जानकारी दिनु भयाे

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्