लुम्बिनी अल स्टारसंग पोखरा एभेन्जर्स पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ पुस । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनी अल स्टारसँग ३ विकेटले पराजित हुँदै पोखराले तेस्रो हार व्यहोर्न बाध्य भयो । लुम्बिनीको भने यो लगातार तेस्रो जित हो । पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ तथा शाडले क्लाउड भान शाल्कविकले अविजित ३१ रन बनाए । उन्मुक्त चन्दले २२ रन बनाए । अनिल शाहले १९ रन बनाउँदा गुलसन झा १० रनमा आउट भए । पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २÷२ तथा प्रतिश जिशी, अभिमन्यु मिथुन र जाहिर खानले समान १÷१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकिय ईनिङ खेले । उपुल थरंगाले ४२ रन जोड्दा अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका लागि शाडले क्लाउड भान शाल्कविकले ३ तथा किशोर महतो र गुलसन झाले समान २÷२ विकेट लिए । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५५ लाख पाउने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्