चीनमा युवा बेरोजगार दर बढेको बढ्यै

खबर बुक
  • ख-
  • ख+

बेइजिङ, १२ पुस।हाल चीनमा १६ देखि २४ वर्ष  उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा  बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो ।आधिकारिक तथ्यांक अनुसार चीनको शहरी युवा जनसंख्या १ करोड ७० लाख छ । तथ्यांकमा ग्रामीण बेरोजगारी समावेश छैन ।

द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ, । युवा बेरोजगारी दर मार्चमा १५.३ प्रतिशतबाट बढेर अप्रिलमा १८.२ प्रतिशतमा पुगेको छ। अर्को केही महिनासम्म निरन्तर बढ्दै जुलाईमा १९.९ प्रतिशतमा पुगेको थियो । अगस्टमा यो दर थोरै घटेर १८.७ प्रतिशतमा झरेको थियो । तर , बेरोजगार दर अझै पनि अहिलेसम्मकै उच्च रहेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ ।

कोभिडका कारण सृजित बेरोजगारीका कारण हरेक पाँचमध्ये एक जना सक्षम चिनियाँ कामबाट बञ्चित छन् ।  चीनमा सञ्चालित शीर्ष कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निकाल्दा देशले आर्थिक गिरावटको सामना गरिरहेको छ ।
 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्