कर्णालीका नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, ११ पुस । कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन् ।

ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाउनुभएकाे थियाे । शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाउनुभएकाे हाे ।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १–१ जना स्वतन्त्र गरी ४० जना सांसद रहनुभएको छ । जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्