काठमाडौं, ११ पुस । नेपालका ४४औं प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएकाे छ ।
राष्ट्रपति निवास शीतल निवासमा सोमाबार आयोजित कार्यक्रममा उहालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभएकाे हाे ।
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल, डा. बावुराम भट्टराईलगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री प्रचण्डले सपथ लिएलगत्तै उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि सपथ लिनुभएकाे छ ।
त्यस्तै विना बिभागीय मन्त्रीहरु ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि पद तथा गोपनियताको सपथ लिनुभएको छ ।











