प्रदेश–१ का प्रदेश सभा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ पुस। प्रदेश–१ को प्रदेश सभा सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ लिदैछन् ।

शपथ ग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई दिउँसो साढे १२ बजे शपथग्रहण गराउनु हुनेछ । त्यसपछि दिउसो साढे १ बजे सांसदहरुको लागि पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाका ९३ सदस्यमध्ये पाँच जनाले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्