बालेन भन्छन्- राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ११ पुस । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा रहेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि बालेनले सामाजिक संजाल ट्वीटरमा राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा गएको र प्रजा भने सधैँ सास्तीमा रहेको टिप्पणी गरेका हुन् ।

बालेनले लेखेका छन्, ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रचण्डको शपथ सोमबार अपरान्ह ४ बजे हुने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्