प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताका विषयमा लोसपा अनिर्णित

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ११ पुस । लोकतान्त्रिक समाजवादी पार्टीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

उनले आफूहरू अहिले बालकोटसँग नभएको बताए । उनले चुनावमा कांग्रेससँग मिलेर तालमेल गरेकाले आफूहरू सोही पार्टीसँग रहेको बताए ।

सोनलले आगामी राजनीति कसरी अगाडि बढ्छ त्यो हेरेर मात्रै अगाडि बढ्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्