बढ्यो सुनको मूल्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० पुस । सुनको मूल्य प्रतितोला २००  रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन २००  रुपैयाँले बढेर प्रतितोला १ लाख ५०० रुपैयाँ कारोबार भइरहेको छ ।

यसअघि, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३००  रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण गरीएको छ । शुक्रबार, तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो ।

आइतबार चाँदीको मूल्य भने स्थिर छ । आइतबार चाँदीको  १३ सय ९० रुपैयाँ कायम रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्