बालुवाटारमा देउवा र प्रचण्डबीच निर्णायक वार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० पुस । भावी प्रधानमन्त्रीको विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका का‌ंग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको छ ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुगेका छन् ।

बिहान पदाधिकारी बैठक डाकेर राय लिएका प्रचण्डलाई पहिलो प्रधानमन्त्री हुनका लागि सल्लाह दिएका छन् । सोही सन्देश लिएर प्रचण्ड प्रधानमन्त्री देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्