कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघमा आयोजना हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष ९ । दोस्रो संस्करणको कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघमा आयोजना हुने भएको छ ।

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर र गोदावरी नगरपालिकाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) का खेलाडीको सहभागिता रहने छ । महिलामा १० तौल समूह ४५, ५०, ५५, ६१, ६८ केजी तौल मुनि र ६८ तौल माथिको एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ५०, ५५, ६०, ६७, ७५, ८४ केजी तौल मुनि र ८४ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल २ सय ४० खेलाडीको सहभागिता रहने छ । यस्तै खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, प्राविधिक गरि ३ सय १० जनाको सहभागिता रहनेछ । प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुनेछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्