आज वर्षा र हिमपातको सम्भावना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ पुस।हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आकलन गरिएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ ।

आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्