सिक्किममा सेना चढेको ट्रक दुर्घटना ,१६ सैनिकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, पुष ८ । भारतको सिक्किममा आज शुक्रवार भारतीय सेना चढेको गाडी ९ट्रक० दुर्घटना हुँदा १६ जना सैनिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन जना सैन्य अधिकृत र १३ जना जवान रहेका बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ ।

सैनिक बोकेका तीन वटा गाडी सँगसँगै रहेकोमा एउटा गाडी घुम्तीमा सडकबाट तल झरेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटनामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्