१२०० रुपैयाँ घट्यो सुनकाे मूल्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ पुस । सुनको मूल्य नेपाली बजारमा शुक्रबार प्रतितोला एक हजार २०० रुपैयाँले घटेकोे छ । घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो

शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले ओरालो लागेर एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्