सुनको मूल्य तोलामा एक सय बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० भदौ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्