मोटरसाइकल दुर्घटनमा चालकको मृत्यु

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, ७ पुस  ।  सिरहामा मोटरसाइकल पल्टिएर भएकाे दुर्घटनामा चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् ।

मंगलम अस्पतालबाट थप उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्