खयरभट्टीमा २२ किलोटिर विद्युतीकरण हुने

खबर बुक
  • ख-
  • ख+

बाँके, ७ पुस । बाँकेको खयरभट्टी क्षेत्रमा २२ किलोमिटर विद्युतीकरणका लागि बजेट स्वीकृत भएको छ । खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि ३ करोड ५० लाख रुपैयाँ स्वीकृत भएको सांसद नमुना केसीले जानकारी गराउनुभयाे ।

विद्युतीकरणका लागि नेपालगन्ज विद्युत वितरण केन्द्रले तयार पारेको अनुमानित बजेटसहित काठमाडौं पुगेकी नमुनाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फाइल पेश गर्नुभएकाे थियाे। काठमाडौंमा रहेकी नमुनाले खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि बजेट पारित भएको बताउनुभयाे ।

नरैनापुर र राप्तीसोनारीका अन्य क्षेत्रमा विजुली पुर्‍याउन सफल भए पनी खयरभट्टीमा अहिलेसम्म विद्युतीकरण भएको थिएन ।

खयरभट्टीसम्म करिब २२ किलोमिटर ‘११ केभी प्रशारण लाइन’ र ४.३ मिटर वितरण लाइन विस्तार गर्न तथा ३ थान ट्रान्सफर्मर जडानका लागि बजेट स्वीकृत भएको उनले जानकारी गराउनुभयाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्