‘नेतृत्व आलोपालो गर्ने विषयमा बन्दा कोठाभित्र हुने सहमति मान्दिन’ – गगन थापा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्दा कोठाभित्र हुने सहमति नमान्ने बताएका छन् ।

चुनाव परिणामपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पारे ।

थापाले आफूलाई प्राप्त मत अपेक्षाकृत नभएको पनि बताए ।

उनले संसदीय दलको नेताका लागि प्रतिष्पर्धा गरेका थिए । उनका प्रतिष्पर्धी रहेका देउवाले ६४ मत प्राप्त गर्दा थापाले २५ मतमात्रै प्राप्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्