कांग्रेस संसदीय दलको नेताको चुनाव आज

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ पुस।नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार चुनाव हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन् ।

संसदीय दलको नेताका लागि आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ ।

संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन् । ८९ जना मतदाता रहेका छन् । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्