शुक्रबारबाट सुरु हुने नेपाल टी–ट्वान्टी लिगमा सहभागी हुने ६ विदेशी खेलाडी नेपालमा

खबर बुक
  • ख-
  • ख+

शुक्रबारबाट सुरु हुने नेपाल टी–ट्वान्टी लिगमा सहभागी हुने ६ विदेशी खेलाडी नेपाल आएका छन् ।

नेपाल टी–ट्वान्टीमा सहभागी हुने जनकपुर रोयल्सका २ तथा विराटनगर सुपर किंग्सका ४ खेलाडीहरु आज अपरान्ह नेपाल आएका हुन् जस अनुसार जनकपुर रोयल्सबाट खेल्नका लागि वेस्ट इण्डिजका चाडविक वाल्टन र ट्रेवोन ग्रिफ्ट काठमाडौं आएका छन् ।

त्यस्तै त्यस्तै विराटनगरमा अनुबन्ध भएका वेस्ट इण्डिजका आन्द्रे म्याकार्थी र किओन जोसेफ तथा अमेरिकाका गौरान्शु शर्मा र राज रकि नानन पनि आएका छन् ।

उनीहरुलाई दुई क्लवका पदाधिकारीले बिमानस्थलमा स्वागत गरेका थिए । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो संस्करणको टी–ट्वान्टी लिग पुस ८ गतेबाट २६ गतेसम्म सञ्चालन हुनेछन् ।

पहिलो संस्करणको लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार बीच प्रतिष्पर्धा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्