काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ ।
आइतबार सो क्षेत्रमा फुटपथ अतिक्रमण गरेर बनाएका संरचना डोजर लगाएर हटाएको हो । त्यस्तै महानगरले होडिङ बोर्डहरु समेत हटाएको छ । संरचना हटाउदा बिरोधलाई मध्यनगर गर्दै ठूलो संख्यामा महानगर र नेपाल प्रहरी परिचालन गरेको थियो ।
यसअघि दिएको सूचनालाई अटेर गरेपछि बाध्य भएर अनधिकृत संरचना हटाउनु परेको महानगरले जनाएको छ ।