सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ पुस । नेपाली बजारमा आइतबार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६०० रुपैयाँले उकालो लाग्दै प्रतितोला एक लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, तेजाबी सुन प्रतितोलाकाे एक लाख रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्