इलाम क्षेत्र नम्बर १ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर २७ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचन सम्पन्न भएको २३ दिनपछि इलाम क्षेत्र नम्बर १ मा भएको निर्वाचन बदर र पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै आज रिट दायर गरेको खनालका कानुनी सहयोगी अम्बर राउतले जानकारी दिए । उनका अनुसार रिट निवेदन संवैधानिक इजलासमा दायर भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्