फिफा विश्वकप जित्ने राेनाल्डाेकाे चाहना समाप्त, विश्वकपको ट्रफी नहुँदा दुख लागे पनि यसले उनको लिगेसीलाई असर गर्ने छैन

खबर बुक
  • ख-
  • ख
  • ख+

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार राति क्वाटरफाइनलको अन्तिम खेलमा साविक विजेता फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चार ठाउँ सुरक्षित गरे सगैं विश्वकप २०२२ को इतिहासमा सेमिफाइनल खेल्ने टोलीहरुको टुङगो लागेको हो ।

यसअघि यसैदिन भएको अर्को क्वाटरफाइनल खेलमा मरोक्कोले युरोपेली राष्ट्र र्पोचुगललाई हराउदै विश्वकप फुटबलको इतिहासमा सुन्दर कथा लेखेको छ । कसैले कल्पना नगरेको इतिहास कोर्दै मरोक्कोले विश्व प्रशिद्ध फुटबलरको टोली र्पोचुगललाई १–० गोल अन्तरले हराएर वश्वभरका फुटबलप्रेमीलाई छक्क पारेको छ ।

भलेइ रोनाल्डोलाई र्पोचुगलका पशिक्षकले प्लेइगं ११मा राखेन्न तर विश्वभर छरिएर रहेका रानाल्डोका सर्मथकले, पर्चुगलको यस हार सगैं अन्त्य भएको विश्वकप यान्त्राका कारण आफ्ना पृय खेलाडी रोनाल्डोको आशु सगैं आशु रसाएका छन् ।

किनकी ३७ वर्ष पुगिसकेका रोनाल्डोको लागि विश्वकप ट्रफी उचाल्ने यो अन्तिम अवशर रहेको थियो । उनका सर्मथकका लागि जीवनको सुन्दर स्मृती बन्न सक्थ्यो । तर फुटबलको इतिहासमा पलुटबल प्रेमीबाट GOAT ( GREATEST OF ALL TIME )  को उपाधी पाइसकेका उनी जस्ता महान खेलाडीको हातमा विश्वकपको ट्रफी नहुँदा दुख लागे पनि यसले उनको लिगेसीलाई असर गर्ने छैन, उनि सधै फुटबल इतिहासको एक महान खेलाडीको रुपमा चिनिनै रहने छन् ।

समिफाइनल पुग्ने अन्य राष्ट्रमा क्रोएसिया र अर्जेन्टिना रहेका छन् । क्रोएसिया ब्राजिललाइ क्वाटरफाइनल खेलमा हराउदै सेमिफाइनल पुगेको हो भने अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउदै विश्वकप यात्रालाई कायम राखेको हो ।

मगंलबार राती भिड्ने यि टोलीमा पनि विश्व फुटबलको इतिहासको अर्का एक महान खेलाडीको कथा रहेको छ । उनमा जति विश्वकप जित्ने चाहाना सायदै अरु कसै खेलाडी होला ।विश्वभर मेस्सीका रुपमा चिनिने उनी फुटबल फ्यानका लागि GOAT (GRETEST OF ALL TIME )  को रुपमा चिनिन्छन् । विश्वभर लाखौको संख्याको संख्याको छरिएका उनका सर्मथक मेस्सी र उनको टोली अर्जेनटिनाको लागि प्राथना गरिरहेका छन् ।

उमेरले ३५ वर्ष पुगिसकेका मेस्सीका लागि विश्वकप जित्ने यो अन्तिम अवशर हो ।आफ्नो खेल जीवनको उतराद्ध मा आइसकेका ३५ वर्षका उनि, अझै पनि उत्कृष्ट खेल पस्कदै विश्व फुटबल फ्यानलाइ मनोरञ्जन प्रदान गरिहेका छन् ।

आफ्नो टोलीलाई समेफाइनल र्पुरयाउन नेतुत्वदायी भुमिका खेलेका उनल,े उनले आफ्ना कृटीक्सहरुलाई आफु यस वर्षको ट्रफी दाबेदार भएको प्रमाणित गरिसकेका छन् । जारी विश्वकपमा ३ पटक म्यान अफ द म्याचको उपाधी पाइसकेका मेस्सीले ४ गोल गरेका छन् । उनले अस्ट्रेलिया विरुद्ध प्रर्दशन गरेको उत्कृष्ट ड्रिब्लिंलाई फुटबल किृटिक्सले विश्वकप २०२२को व्यत्तिगत तर्फको उत्कृष्ट प्रर्दशन भनेका छन् ।

उनका ड्रिब्लिंग यति सुन्दर हुन्छ कि विपक्षि टोली का सर्मथक पनि वाह वाह गर्न वाध्य हुन्छन् । यस विश्वकपमा धेरै फुटबल सर्मथकहरु दुईजना न्इब्त् लाई फाइनलमा हेर्न चाहन्थे ।

भलेइ एक जना गोट रोनाल्डोको विश्वकप यात्रा समाप्त भैसकेको भए पनि अझै एक जना गोट मेस्सीको विश्वकप इतिहास रच्ने सपना अझै जीवित रहेको छ ।

फुटबल इतिहासमा महान खेलाडी म्याराडोना र पेलेकोे समयलाई फुटबलको इतिहासको गोल्डेन एरा मानिन्छ, यस्तै अब यस इतिहासमा रोनाल्डो र मेस्सीले पनि गोल्डेन एराको रुपमा इतिहास लेखेको छ, र हामी त्यस इतिहासको साक्षी हौ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्