जाजरकोटमा जीप दुर्घटना हुदा नौ जनाको मृत्यु,तीन जना घाइते

खबर बुक
  • ख-
  • ख+

जाजरकोट, २६ मंसिर । जाजरकोटमा जीप दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवा जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको ज्यान गएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जनकुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्