प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले ओरालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६  मंसिर । प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घटेको छ । यससँगै सूचक १८८४.२१ विन्दुमा आएको छ ।

१२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीको भाउ बढेको छ भने ५ को मूल्य घटेको छ । २ कम्पनी स्थिर छ ।

यता १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्