काठमाडौं, २२ मंसिर । कांग्रेस नेता प्रकाशमान सिंहले ज्यापू दिवस तथा योमरी पूर्णिमा उपत्यकाको एउटा ठूलो उत्सव भएको भन्दै पूर्खाले स्थापित गरेको मौलिक संस्कृतिलाई लोप हुन नदिनतर्फ सजक हुन आग्रह गर्नु भएकाे छ ।
१९ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बिहिबार काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेवार समुदायको संस्कृतिलाई नेपाललाई विश्वसामू चिनाउने सशक्त माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।
ज्यापु दिवस एवम् योमरी पूर्णिमाका अवसरमार काठमाडौंका नेवार समुदायले चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित ¥याली निकालेका थिए । ¥यालीमा सहभागीहरु नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए ।
सो ¥याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । नेवार समुदायमा बिहान सबेरै योमरी पकाई देवीदेवतालाई चढाई हर्ष र उल्लासका साथ योमरी पूर्णिमा मनाउने परम्परा छ । केटाकेटीदेखि बूढाबूढीसम्मले मनपराउने भएकाले यस रोटीको नाम योमरी रहेको बताइन्छ । नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ। चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रुपमा डल्लो बनाइएको परिकारलाई योमरी भनिन्छ ।






