हेटौँडा । आज बिहान ५ः४५ बजे मकवानपुरको भीमफेदी–६ चिसापानी गढीस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडकमा इभी गाडी दुर्घटनामा परेको छ ।
काठमाडौँबाट सर्लाही आइरहेको यात्रुबाहक इभी ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
गाडीमा चालकसहित १४ सवार रहेको प्रारम्भिक जानकारी आएको छ ।
मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्याम बहादुर खत्रीको कमाण्डमा सेना, सशस्त्र प्रहरी र प्रहरीको ४८ जना उद्धारमा खटिएका छन् ।
थप विवरण आउन बाँकी छ ।





