त्रिविका कर्मचारी र विद्यार्थी नेताबीच हात हालाहाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २१ । त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यलयमा सोमबार विद्यार्थी नेता र कर्मचारीबीच हात हालाहाल भएको छ ।

अखिल क्रान्तिकारीका त्रिवि समितिका अध्यक्ष प्रदिपराज कपाडी  (भट्ट) र अध्ययन संस्थानका लेखा प्रमुख पवित्रकुमार बस्नेतबीच हात हालाहाल भएको हो । दुबै पक्षले आफूमाथि कुटपिट भएको भन्दै कारबाहीको माग गरेका छन् ।

त्रिवि प्रगतिशील कर्मचारी संगठन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै लेखा प्रमुख बस्नेतमाथि छलफल चलिरहेको बेला अखिल क्रान्तिकारीका नेता कपाडीले हातपात गरेको बताएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्