महाभियोग सिफारिस समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ ।

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।

बिहबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थयो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ११ पुन: बयान हुने जानकारी ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् ।
प्रश्नहरु लामो भएकाले मसय लागको बताइएको छ ।

तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्