वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

१ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

विश्वकपका दर्जन बढी लिग खेलिसकेका रसेलले वेष्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन् । उनले ८६ टी–२०आई खेलमा एक हजार १२२ रन र ६१ विकेट लिएका छन् ।

विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र बलिङका लागि परिचित रसेलको आगमनले टोलीलाई थप बलियो बनाउने अपेक्षा विराटनगर किङ्सले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्