शेयर बजार दोहोरो अंकले बढ्यो, ४ अर्ब ६८ करोडभन्दा बढीको कारोबार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ। बजार बढेसँगै आज ४ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार २५.५५ अंकले बढेको हो। बजार ०.९९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २,५८५.०४ अंकमा पुगेको छ।

समग्र बजार बढे पनि म्युचुअल फण्ड समूह ०.३१ प्रतिशतले मात्रै बढेको छ भने अन्य सबै समूहमा हरियाली छाएको छ।

आज ३३६ कम्पनीका १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर किनबेच भएका छन्। यस क्रममा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ रुपैयाँ ७१ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ६.४३ प्रतिशत नाफा कमाएका छन्। त्यस्तै, उपकार लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ८.२३ प्रतिशत घाटा व्यहोरेका छन्।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको २४ करोड ९० लाख ७४ हजार १८७ रुपैयाँ ६० पैसा बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्