मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० मंसिर । सुनसरीको हरिनगरा गाउँपालिका ६ मा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते भएकी छन् ।  को २० प ४१ ६४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी हुन् ।

घाइते हुनेमा स्थानीय नैमुदिन मियाकी छोरी रुवेदा रहेकी प्रहरीले जनाएको छ। हाल उनको स्थानीय मेडिकलमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ । मोटरसाइकलसहित चालक प्रहरी चौकी घुस्कीले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्